माओको मुल्याङ्कनमा – एल्लो भेस्ट मुभमेन्ट !

"एल्लो भेस्ट मुभमेन्ट" ले आजको राजनीतिको केन्द्रमा रहेको समस्यालाई उजागर गरेको छ , माओले प्रकाश पारेको अन्तर्बिरोध बिचको फरक अहिले पुन जिबनमा ल्याउन सान्धर्भिक र योग्य छ।

फ्रान्सको “एल्लो भेस्ट मुभमेन्ट” ले आजको राजनीतिको केन्द्रमा रहेको समस्यालाई उजागर गरेको छ अर्थात लोकप्रियताबाद सँगको सामिप्यता र नयाँ योजनाको अभाव।

यस उल्झनको सामान्य अवलोकनले पनि हामीहरु बहुआयामिक सामाजिक संघर्षले बाधिएको प्रष्ट पार्दछ। जस्तै उदारबादी संस्थापन र नव लोकप्रियताबाद, पर्याबरणिय संघर्ष, नारिबाद समर्थनका प्रयासहरु र लैङिक स्वतन्त्रता तथा जातिय र धार्मिक लडाईहरु अनी विश्वब्यापी सर्वमान्य मानब अधिकार। यस बाहेक, हाम्रो जीवनको डिजिटल नियन्त्रण बिरुद्धको प्रतिकारको प्रयास। अर्थात, कुनै एक संघर्षलाई मात्रै बिशेष महत्त्वमा नराखी कसरी सबै खाले संघर्षहरुलाई एकीकृत गर्न सकिन्छ ? किन भने यही सबै संघर्षहरुको एकीकृत सन्तुलनमा नै अन्य समस्याहरुको समाधानको उपाए लुकेको छ।

पुराना उपाएहरु

लगभग आधा सताब्दी अघी, जब माओबादको तरङ अत्याधिक बलशाली थियो, माओत्सेतुङको “प्रधान” र “सहायक” अन्तर्बिरोध बिचको फरक (“अन्तर्बिरोधबारे” निबन्ध १९३७) लाई एउटा सामान्य र सर्वमान्य अध्यायका रुपमा राजनैतीक बहसहरुमा लिने गरिन्थ्यो। सम्भवत, माओले प्रकाश पारेको अन्तर्बिरोध बिचको फरक अहिले पुन जिबनमा ल्याउन सान्धर्भिक र योग्य छ।

एउटा सामान्य उदाहरणबाट सुरु गरौ: मेसेडोनिया – नाममा के छ ? केही महिना अघी, मेसेडोनिया र ग्रिस सरकारले मेसेडोनियाको नामका सम्बन्धमा रहेको समस्या सुल्झाउन एउटा सम्झौता निर्माण गरेका छन – मेसेडोनियाले आफ्नो नाम उत्तरी मेसेडोनिया राख्नेछ। यस निर्णयलाई तत्कालै दुबै मुलुकका अतिवादीद्वारा बिरोध गरियो। ग्रिसका बिपक्षीले मेसिडोनिया पुरानो ग्रिक नाम भएको दाबी गरे भने मेसिडोनियाका बिपक्षीले मेसिडोनियन आफुहरु मात्रै रहेको हुँदा “उत्तरी मेसिडोनिया” नामाकरण गरिदा आफुहरु सानो भुगोलमा खुम्चिएको लघुताभास हुने बताए।

अधुरो वा अपूर्ण हुँदा हुँदै पनि यस समाधानले लामो समयदेखी रहेको अर्थहिन संघर्षलाई एउटा ठीकठाकको सहमती मार्फत अन्त्य गर्ने आशाको सानो विश्वाश पैदा गरेको थियो। तर त्यो एउटा अर्को अन्तर्बिरोधको भुमरीमा पर्न गर्‍यो जहाँ ठुला शक्ती हरु संघर्ष गर्दै थिए अर्थात एक तर्फ पश्चिमा शक्ती (युरोपियन युनियन र अमेरिका) अनी अर्को तर्फ रसिया। पश्चिमा शक्तीले दुबै पक्षलाई उक्त सहमती स्विकार्न दबाद दिदै थियो ताकी मेसिडोनिया द्रुत गतीमा युरोपियन युनियन र नाटोमा सामेल हुन सकोस। रसिया उक्त सहमती कार्यन्न्यवन भएको खन्डमा बाल्कन क्षेत्रमा रहेको आफ्नो पुरानो र परम्परागत प्रभावमा कमी आउने कारण देखाउदै त्यस सहमतीको बिपक्षमा थियो। अर्थात पश्चिमा शक्ती र रसियाले फरक तरिकाले दुबै मुलुकका रहेका दक्षिणपन्थी र अनुदारबादी शक्तीहरुलाई समान रुपले समर्थन गरे।

अब यहाँ हामीले कुन पक्षको समर्थन गर्नु पर्छ ? मलाई लाग्छ हामीहरुले निसन्देह सहमती र सम्झौताको पक्ष लिनु पर्छ किन भने यो मात्रै समस्याको एउटा यथार्थबादी समाधान हो। रसियाले उक्त सहमतीको बिरोध गर्नुको प्रमुख कारण भुराजनैतीक स्वार्थ थियो तर उसले अर्को कुनै बिकल्प प्रस्तुत गरेको थिएन। अर्थात यस मुद्दामा रसियाको समर्थन गर्दा मेसिडोनिया र ग्रिस सम्बन्धमा रहेको एउटा पृथक समस्याको ब्यवहाँरिक र उचित समाधान अन्तराष्ट्रिय भुराजनैतीक स्वार्थका निम्ती बली चढाउनु जस्तो हुनेछ।

शक्तीको खेलहरु

अब हुवाई कम्पनीकी बित्तिय प्रमुख र उक्त कम्पनीका संस्थापककी छोरी मेङ वान्हाउको क्यानडाको भ्यानकुभरमा भएको गिरफ्तारी बारे कुरा गरौ। उनलाई अमेरिका द्वारा ईरानमाथी लगाईएको आर्थिक नाकाबन्दीलाई तोडेको आरोप लागेको थियो, उक्त आरोपमा उनी अमेरिका सुपर्दगी हुन सक्थिन र उक्त आरोप प्रमाणित भएको खन्डमा उनलाई अधिकतम ३० बर्षको जेल सजाय हुन सक्थ्यो।

यहाँ के सत्य होला ? सम्भव भए सम्म, एउटा वा अर्को माध्यमबाट प्राय सम्पूर्ण ठुला ब्यापारिक संस्थारुले सावधानि पुर्वक कानुनलाई तोडेकै हुन्छन। तर यो एउटा सहायक अन्तर्बिरोध मात्रै हो र यहाँ एउटा अर्को युद्द लडिदै छ। यो युद्द इरान सँगको ब्यापारको लागि होइन, यो त डिजिटल हार्डबेयर र सफ्टबेयरको उत्पादनमा अनी बजारमा प्रभुत्वको लागि हुँदै गरेको ठुलो युद्द हो।

हुवाईले प्रतिबिम्बित गर्ने चीन फोक्सकोन चाइना (Foxconn China) रहेन, जहाँ अर्ध-दास कामदारहरु द्वारा अन्यन्त्रै बिकसित मेसिनहरुको एसेम्ब्ली गर्ने काम मात्रै हुन्थ्यो। यसको बिपरित हुवाइले प्रतिबिम्बित गर्ने चीनमा सफ्ट्बेयर र हार्डबेयर पनि आफ्नै गर्भमा बिकसित भएका थिए।

डिजिटल बजारमा चीन सँग आर्थिक वजन र संख्या दुबैमा जापान (सोनी मार्फत) वा कोरिया (सामसुङ मार्फत) भन्दा धेरै गुणा ठुलो र शक्तिशाली प्रतिनिधि हुने सम्भावना निहित छ। तर यस्ता बिशेष उदाहरणहरु धेरै छन। जब विश्वब्यापी र सर्वमान्य मानवअधिकार बारे संघर्षको कुरा गरिन्छ तब चिजहरु जटिल बन्ने गर्दछन। उल्लेखित अधिकारका समर्थक अनी उक्त अधिकार वास्ततिक रुपमा विश्वब्यापी नभएर पश्चिमाहरुले आफ्नो स्वार्थ अनुरुप तयार पारेको पश्चिमा मुल्यहरु (समुह भन्दा ब्यक्ती प्रधान हुने लगायत आदी) बोकेको हुँदा यो एउटा सैदान्तिक नव-उपनिवेशवादको रुप भएको अधिकारिक धरणा राखेहरु बिचको अन्तर्बिरोध यहा हामीले पाउछौ। मानव अधिकारको बिषय इराक देखी लिबिया सम्म धेरै सैन्य हस्तक्षेपहरूको औचित्यको पुष्टी गर्ने सन्दर्भ सामाग्रीको रुपमा प्रयोग भएको यथार्थ कुनै आश्चर्य रहेन।
विश्वब्यापी मानबअधिकारका पक्षपातीहरुले के तर्क गर्दछन भने – विश्वब्यापी मानबधिकारलाई अस्विकार गर्दा त्यसले स्थानिय अधिनायकबादी ब्यवस्था र दमनलाई जीवनयापनका बिशेष तत्वहरु भएको पुष्टी गर्न मद्दत गर्दछ। तर यसको निर्णय कसरी गर्ने ?

यहाँ एउटा मध्यमार्गी सहमती पर्याप्त छैन तसर्थ हामीले अत्यन्तै सटीक र प्रष्ट कारण सहित विश्वब्यापी मानव अधिकारलाई प्राथमिकता दिनुपर्छ। विश्वब्यापी मान्यताको आयामले एउटा माध्यमको काम गर्नु पर्ने हुन्छ जहा धेरै र बिभिन्न जीवनशैलीहरु सहअस्तित्वमा रहन सकुन। र विश्वब्यापी मानबअधिकारको पश्चिमा धारणाले आत्मआलोचनाको आयाम बोकेको हुन्छ जसले यसका आफ्नै सिमितताहरुलाई दृश्यात्मक बनाउदछ।

जब आधारभुत पश्चिमा बिचारहरु निश्चित पुर्वाग्रहका कारण आलोचित हुन्छन, तब ती आलोचनाहरुले उक्त पश्चिमा धरणा भन्दा उन्नत र विश्वसनिय विश्वब्यापी मान्यताहरु उल्लेख गर्नु पर्ने हुन्छ जसले हामीलाई गलत विश्वब्यापी मान्यताका बिरुपतालाई देखाउछ।

तर यहाँ एक प्रकारको विश्वब्यापी मान्यता भने सधै रहेको छ, नितान्त भिन्न र अन्ततः असंगत जीवन शैलीहरु पनि सँगै रहन सक्ने सहअस्तित्वको अत्यन्तै बिनम्र अवधारणा पनि यसमा भर पर्नै पर्ने हुन्छ। संक्षेपमा यसको अर्थ के हो भने – “प्रधान अन्तर्बिरोध” धेरै र भिन्न जीवन शैली बिचको संघर्ष होइन बलकी हरेक जीवन शैली भित्र रहने आफ्नै “विशिष्टता” र ” त्यसले गर्ने बिश्वब्यापकताको दाबी” बिचको “अन्तर्बिरोध” नै “प्रधान अन्तर्बिरोध” हो। यसलाई प्राबिधिक रुपमा भन्नु पर्दा, परिभाषाद्वारा नै प्रत्यक खास जीवन शैली “व्यवहारिक अन्तर्बिरोध” मा फसेको हुन्छ र त्यसले गर्ने बैधताको दाबीलाई अन्य जीवन शैलीको उपस्थितीले भन्दा पनि आफ्नै असंगतिद्वारा क्षिण र कमजोर बनाउदछ।

सामाजिक बिभाजनहरु

नश्लबादी/यौनवादी अश्लीलता र राजनीतिक रूपमा ठीक कठोर नैतिकतावाद बिचको अन्तर्बिरोधले चीजहरु झनै जटिल बनाउने गर्दछ। तसर्थ, एउटा मुक्तीकामी प्रगतिशिल संघर्षको दृष्टिकोणबाट यस्ता अन्तर्बिरोधलाई प्रधान अन्तर्बिरोधको रुपमा स्विकार नगरेर, बिस्थापित र बिकृत पारीएको बर्ग संघर्षका ध्वनीहरु उजागर गर्नु अत्यन्तै महत्त्वपूर्ण हुने गर्दछ।

फासिस्ट तरिकामा, दक्षिणपन्थी लोकप्रियताबादले देख्ने गरेको दुश्मन (वित्तीय रुपले अभिजात वर्गहरु र घुसपैठी अप्रबासीहरु) को व्याख्याले सामाजिक पदानुक्रमका दुई फरक तर चरमहरु जोड्ने गर्दछन जसले बर्ग संघर्षलाई धुमिल बनाउछ। त्यसैगरी अर्को तर्फ राजनैतीक रुपले ठीक नश्लबाद र यौनवाद बिरोधी संघर्षहरुले आफ्नो अन्तिम लक्ष स्वेत बर्गिय नश्लबाद र यौनवाद नै हुने कुरालाई अत्यन्तै मुस्किलले लुकाउन सक्दछन जसले पुन वास्तबिक बर्ग संघर्षलाई बेवास्था गर्दछ।

तसर्थ राजनैतीक शुद्दताको सान्दर्भिकतालाई “सान्स्कृतिक मार्क्सबाद” को उपमा दिनु गलत छ। राजनैतीक शुद्दताको सान्दर्भिकता वास्तवमा एउटा छद्म अतिबाद हो जसलाई मार्क्सबाद बिरुद्ध बुर्जुवा उदारबादले अन्तिम अस्त्रको रुपमा प्रयोग गर्छन् र यसले बर्ग संघर्षलाई प्रधान अन्तर्बिरोधको रुपमा स्थापित हुन दिदैन।

“ट्रांसजेंडर” र “मिटु” आन्दोलनको हकमा पनि यही लागु हुने गर्दछ। यो पनि बर्ग संघर्षको प्रधान अन्तर्बिरोधद्वारा अतीनिर्धारित हुने गर्दछ जसले आफ्नो केन्द्रमा एउटा बिरोधाभाषको सुत्रपात गरेको हुन्छ।

तरना बुर्केले (जसले लगभग एक दशक अघी मिटु अभियानको थालनी गरिन) हालै एउटा आलोचनात्मक नोटमा के लेखिन भने, मिटु अभियान भएको यतिका बर्षमा उक्त अभियानले अपराधीहरुसँग कहिले पुरा नहुने भ्रमित चाहनाको प्रदर्शन मात्रै गर्‍यो – अर्थात आरोप, दोषिता र अबिबेकको एउटा चक्रीय सर्कस।

बुर्केले भनिन – मिटु अभियानबारे हाल रहेको अवधारणालाई परिवर्तन गर्न हामी हरु सकृय रुपले काम गरी रहेका छौ । यो एउटा लैङिक युद्द हो, यो पुरुष बिरोधी हो, यो महिलाका बिरुद्ध पुरुष हो, यो केही निश्चित मानिषहरुका लागि मात्रै हो, यो सेता, सिस्जेन्डर, हेटेरोसेक्सुअल प्रसिद्द महिलाको लागि हो, भन्ने आम आवधारणा परिवर्तन गर्नै पर्छ। छोटकरीमा, यस अभियानलाई पुन आम सर्वसाधारण कामकाजी र गृहणी महिलाहरुका दैनिक जीवनका पिडा र दु:ख तर्फ केन्द्रित गर्न हामीले संघर्ष गर्न पर्छ। यो काम निश्चय नै गर्न सकिन्छ। उदाहरणको लागि, दक्षिण कोरियामा मिटु अभियान दशौ हजार साधारण महिलाहरूले आफुहरु सँग भएको यौन दुर्व्यवहार विरुद्ध गरेको प्रदर्शन सँगै बिष्फोट भयो।

हामीले कुरा गरेका सम्पूर्ण बिषयबस्तुलाई फ्रान्सको एल्लो भेष्ट आन्दोलनले सारांशित गरेको छ। उक्त आन्दोलनको घातक सिमा आन्दोलनको अत्यन्तै बहुप्रतिक्षित “नेतृत्वहिन” चरित्र को केन्द्रमा रहेको छ अर्थात आन्दोलनको अराजक स्व-संगठन। एउटा ठेट लोकप्रियताबादी तरिकामा जस्तै एल्लो भेष्ट आन्दोलनले फ्रान्सेली राज्यमाथी बिभिन्न मागहरु राखेर निरन्तर बमबर्षा गरी रहेको छ जुन हालको अर्थ ब्यवस्था अन्तर्गत असंगत र पुरा गर्नै नसकिने रहेका छन। उक्त आन्दोलनमा एउटा यस्तो नेतृत्वको अभाव देखिन्छ जसले जनताका आवाज सुन्ने मात्रै होइन बलकी जनताको आन्दोलनलाई समाजको एउटा नयाँ र सुसंगत दृष्टिको रुपमा अनुवाद गर्न सकोस।

एल्लो भेस्ट आन्दोलनका मागहरु र फ्रान्सेली राज्य बिचको अन्तर्बिरोध सहायक अन्तर्बिरोध हो किन भने आन्दोलनकारीका मागहरु हाल रहेको ब्यवस्था सँग जोडीएका छन। वास्तबिक अन्तर्बिरोध त हाम्रो हालको सम्पूर्ण सामाजिक राजनैतीक ब्यवस्था र एउटा नयाँ ब्यवस्था (जहा आन्दोलनकरीहरुले उठाएका मागहरु उठाउनु पर्ने आवश्यकता रहने छैन)बिचको हो। कसरी ?

पहिलो पटक औधोगिक रुपमा उत्पादित कार बजारमा प्रस्तुत गर्ने बुढा हेनरी फोर्डले आफ्नो एउटा टिप्पणीमा ठिकै भनेका थिए – मैले आम मानिसको चाहना पालना गरिन। उनले आफ्नो टिप्पणीलाई यसरी व्याख्या गरे – यदी आम मानिस सँग उनिहरुको चाहना सोधिदो हो त, पक्कै उनिहरुको जवाफ हुने थियो: हाम्रा भारीहरु तान्नका निम्ती बलिया र राम्रा घोडा।

उक्त दृष्‍टिकोणको एक प्रकारको प्रतिध्वनी स्टीव जब्सको कुख्यात आदर्श वाक्यमा पनी भेटिन्छ – अरुले नदेखाए सम्म धेरै पटक मानिसहरुलाई थाहै हुँदैन कि उनिहरु के चाहन्छन। सबैको बावजुद हामिले जब्सका गतिबिधीको आलोचना गर्नु पर्ने हुन्छ, उनी आफ्नो आदर्श वाक्य बुझ्नमा एउटा प्रमाणिक गुरु बराबर थिए। जब उनलाई “एप्पल कम्पनीले आफ्ना ग्राहकहरुको प्रतिकृयालाई कती प्रयोग गर्छ?” भनेर सोधियो उनको सटिक जवाफ थियो – ग्राहकको जिम्मेवारी वा कर्तब्य उनिहरु के चाहन्छन भन्ने जान्नु होइन, त्यो त हामीले निर्णय गर्ने हो – हामी के चाहन्छौ। यस तर्कको आश्चर्यजनक घुमाईलाई ध्यान दिनुस। ग्राहकलाई आफ्नो चाहनाको जानकारी हुन्छ भन्ने कुरालाई अस्विकार गरे पछी दोश्रो तर्कमा आशा गरिएको जस्तो ठीक बिपरित उत्तर “ग्राहकले के चाहन्छन भन्ने कुरा पत्ता लगाउने र त्यसलाई बजारमा प्रदर्शन गर्ने जिम्मेवारी हाम्रो अर्थात रचनात्मक पूंजीपतिको हो” जब्सले दिदैनन। यसको बिपरित उनले भन्छन – “हामी यो पत्ता लगाउछौ की हामी (पुजिपती) के चाहन्छौ” अर्थात एउटा प्रमाणित सच्चा गुरुले यसरी काम गर्छन। उनी आम मानिस के चाहन्छ भन्ने अनुमान गर्ने प्रयास गर्दैनन। उनी शुद्द रुपमा आफ्ना इच्छाहरुको अनुशरण गर्ने गर्दछन ताकि आम मानिसले दवावपूर्ण रुपमा उनको अनुशरण गर्नै पर्ने हुन्छ। अर्को शब्दमा भन्नु पर्दा, उनको शक्ती आफ्नो बिचार प्रतीको सम्झौताहिन भक्तीबाट श्रीजना भएको हो।

र आजको दिनमा आवश्यक नेतृत्वमा पनि यही लागु हुने गर्दछ । फ्रान्सका आन्दोलनकारीहरुलाई एउटा राम्रो (बलियो र सस्तो) घोडा चाहिएको छ – अर्थात यस अवसरमा बिश्मयकारी रुपमा उनिहरुको कारको लागि सस्तो इन्धन। उनिहरुलाई समाजबारे यस्तो दृष्‍टिकोण दिनु जरुरी छ जसले उनिहरुलाई बुझाउन सकोस जसरी कारको आगमन पछी घोडाको दानाको मुल्यले महत्व राख्दैन त्यसै गरी यस आन्दोलनमा सस्तो इन्धनको मागले खासै महत्व राख्दैन।

(rt.com मा प्रकाशित यस लेखका लेखक प्रा. स्लावोज जिजेक संस्कृतिक दर्शनका बरिष्ठ शोधकर्ता हुन।)