झण्डै ४३ वर्षदेखि घर छाडेर हिँडेका बेखबर मुक्तान फेसबुकमार्फत भेटिए

स्थानीय

झण्डै ४३ वर्षदेखि बेखबर मकवानपुरको कैलाश दुब्लुङका धनबहादुर मुक्तान  फेला परेका छन् । लालबहादुर मुक्तानका माइला छोरा धनबहादुर १३ वर्षमै, २०३२ सालमा घर छाडेर हिँडेका थिए ।

मुक्तान भारतको इलाहावादस्थित साम हिगिनबटम युनिभर्सिटीमा मुख्य भान्सेको रूपमा कार्यरत रहेको भेटिएको हो ।

उनी घर फर्कन र परिवारसँग सम्पर्कमा आउन चाहेको  खबर फेसबुकमा पोष्ट भएपछि कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले परिवारसँग सम्पर्क गराएका हुन् ।