माधव कुमार नेपाल सरकारको कार्यशैलीप्रति असन्तुष्ट

राजनीति

सरकारको कार्यशैलीप्रति  नेकपाका बरिष्ठ नेता एवम पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले असन्तुष्ट जनाएका छन्। बरिष्ठ नेता नेपालले  प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अखण्डतामाथि चुनौती दिइरह“दा गृहप्रशासन गम्भीर नभएको आरोप लगाए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका नेता नेपालले राष्ट्रियतामाथि प्रश्न उठिरहेको र भौगोलिक अण्डतामाथि चुनौति भइरहेको भन्दै गृहप्रशासनको चर्को आलोचना गरेका हुन् । उनले नेकपाको सरकारसँग  जनताको ठूलो अपेक्षा रहेको भन्दै त्यसलाई पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।